शिवालिका उपाध्याय कक्षाः ७, जी. एस .निकेतन

प्राणभन्दा प्यारो छ नानीभन्दा निर्मल
घामभन्दा न्यानो छ पानीभन्दा शीतल
ममता हो आमाको सेकिएर घामले
आफू भोकै बसेर खुवाउँछिन् आमाले

धर्तीमा नै छ सबै खोजे मिल्छ जहिले पनि
जन्मदिने आमा नै पाइँदैन कहिले नि
अमृत झैँ दुधको दशधारा पिलाई
आफू बसी पीडामा सारा खुसी दिलाई

पाठशाला घर हो आमा पहिलो गुरु हो
पहिलो बोली आमाको बाह्रखरी सुरु हो
आमा धर्ती आकाश जगतकी जननी
सन्तान ती होइनन् बाच्छ आमा नभनी