हेटौंडाः बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे काठमाडौंमा बस्दैछ । नेकपा एमाले संसदीय दलको नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौंमा दलको बैठक बोलाउनुभएको हो । संसदीय दलको बैठकमा माधवकुमार नेपाल समूहका सांसदहरु सहभागी हुने भएका छन् ।

बागमती प्रदेशको सांसद अरुण नेपालले दलको बैठमा सहभागिता जनाउने जानकारी दिनुभयो । नेकपा एमाले एक भएको अवस्थामा मिलेर जानुपर्ने धारणा उहाँले राख्नुभएको छ । यस्तै प्रदेशका अर्का सांसद मुनु सिग्देलले पनि दलको बैठकमा सहभागी हुने जानकारी दिनुभयो । उहाँले अहिलेसम्म नजाने भन्ने खबर प्राप्त नहुँदा बैठकमा सहभागी हुने बताउनुभएको हो ।

बुधबार हुने दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय हुनेछ । समितिहरु परिवर्तन गर्ने विषयमा बैठक केन्द्रित हुने सांसद जुनेली श्रेष्ठले जानकारी दिनुभयो । नेकपा एमाले संसदीय दलको पहिलो बैठकमा मन्त्रिमण्डल विस्तारबारे भने छलफल नहुने उहा“को भनाई छ । हाल बागमती प्रदेशको ३ वटा मन्त्रायलको मन्त्री पद रिक्त छ । तीनै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री डोरमणि पौडेलले गएको पुस महिनादेखि सम्हाल्दै आउनुभएको छ । यसअघि सोमबार बसेको नेकपा माओवादीको संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरिसकेको छ ।