हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाउनुभएको छ । यही चैत्र १८ गतेको लागि दलको बैठक बोलाउनुभएको सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो ।
प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहनुभएका पौडेलले बैठकमा आफ्नै दलका सांसदहरूले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने बुझिएको छ । बुधबारको संसदीय दलको बैठकमा एमालेकै माधवकुमार नेपाल समूहका सांसद सहभागी हुन्छन् या हुँदैनन भन्ने बारे अझै टुंगो लागेको छैन । प्रदेश सभामा ११० सदस्य सांसद छन् ।