Home खेलकुद बागमती गोल्डकपः उद्घाटन खेलमा नव जनजागृती युवा क्लब विजयी

बागमती गोल्डकपः उद्घाटन खेलमा नव जनजागृती युवा क्लब विजयी

बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा रेफ्रिलाई बल हस्तान्तरण गर्नुहुँदै पूर्व गृह मन्त्री जनार्दश शर्मासहित अन्य ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा शुक्रबारबाट चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले खेलको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन खेलमा ३–१ गोलअन्तरले नव जनजागृती युवा क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई पराजित गर्‍यो । खेलको दोस्रो हाफमा नव जनजागृती युवा क्लबका एलन राईले २ गोल र सुसान्त थिङले १ गोल गरेका थिए । आयोजकको तर्फबाट खेलाडी उमेश लोप्चनले दोस्रो हाफमा १ गोल गरेपनि खेललाई बराबरीमा ल्याउन सकेनन् ।

खेलको म्यान अफ दी म्याच एलन राई घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । अब नवजनजागृती युवा क्लबले चैत्र १८ गते जाउलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दश टिम सहभागि प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

Exit mobile version