हेटौंडाः लागूऔषध ओनेरेक्स सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले बुधबार पथलैया तर्फबाट हेटौडा आउँदै गरेको ना १६ प ८३२७ नम्बरको मोटरसाईकललाई रोकी जाँच गर्दा ओनेरेक्स १२ बोटल फेला पारेको थियो ।

प्रहरीले हेटौंडा–१५ बाट लागूऔषध सहित मोटलसाइकल चालक हेटौंडा–४ का ३६ वर्षीय शिशिर राज जोशी र मोटरसाइकलमा सवार हेटौंडा–८ का २५ वर्षीय सुसान्त नेपालीलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमाले बताउनुभयो ।