हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको प्रथम क्षेत्रीय अधिवेशन सोमबार सम्पन्न भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र सोही क्षेत्रअन्तर्गत्को प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’को अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को अध्यक्षमा सीताराम बर्तौला निर्वाचित हुनुभएको छ । बर्तौलाको नेतृत्वमा २४ सदस्यीय क्षेत्रीय समिति चयन गरिएको छ । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘क’मा बद्री कुँवरको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय समिति चयन भएको छ । क्षेत्र नम्बर ‘ख’मा दामोदर वाग्लेको अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय समिति चयन गरिएको राप्रपााका युवा नेता भृगु कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय समितिका सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौला, चेनरी सदस्य राम थोकर, हेटौंडा नगर अध्यक्ष प्रेमलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।