रोग के हो ? यो एउटा निर्वितवाद सत्य हो कि, शरीरका रोगहरु बाहिरबाट आउ“दनन । अप्राकृतिक जीवनबाट शरीरमा विकारहरु उत्पन्न हुन्छन् । प्रकृतिले त्यसलाई निकाल्न कोशिश गर्दछ, त्यसलाई हामी रोग भन्दछौं । शरीरको निर्माण नै यसप्रकार भएको छ कि त्यसले आफूभन्दा अस्वाभिक विकार-दोषहरुलाई शरीरमा पचाउन सक्दैन । अतः यो भन्न सकिन्छ कि रोग शरीरको स्वस्थ हुने प्रयास मात्र हो । यसैले रोगलाई हटाउनको लागि हामीले ती तत्वहरु र उपतत्वहरुके सहारा लिनु पर्छ, जसबाट यो शरीरको निर्माण भएको छ । अनिमात्र स्थायीरुपबाट तथा जरादेखि नै रोग निकाल्ने सम्भावना रहन्छ ।
शरीरमा फ्होरको सञ्चयः–वास्तवमा जब हामी भोजन गर्दछौं, त्यो हजम भएर मलमूत्रको रुपमा बाहिर निष्कासित हुन्छ । तर कहिले–काही गलत खानपानद्धारा शरीरमा यस्ता खाद्यपदार्थहरु पस्दछन् । जो प्राकृतिक तवरले बाहिरीन सक्दैनन् र शरीरको भाग बन्न सक्दैनन् । फलस्वरुप शरीरका विभिन्न अवयवहरु त्यसलाइृ बाहिर फ्याक्ने चेष्टा गर्दछन् । तर फोहोर अत्यधिक जमावट हुनको कारणले बाहिर निकाःनमा असमर्थ हुन्छन् जब यी विषद्रव्यहरु शरीरको भित्र सडेर–गलेर गरमी पैदा गर्छन । जसबाट वाक्वाकी, उल्टी, पेटमा ग्यास, बदहेजम पखाला, खकार आदि विकारहरु उत्पन्न भएर विभिन्न बिरामीहरुलाई जन्म दिन्छन् । यो बिरामीले शरीरबाट फोहोर–मैला निकाल्ने एउटा विशेष प्रक्रिया को रुप लिन्छ ।
शरीरमा विकार बढ्नुका मुख्य कारणहरुः १) बद परहेजी अर्थात आहारविहारको निषेध न मान्नु । २) प्रकृतिको विरुद्ध रहनसहन र दिनचर्या । ३) मनोबल वा दृढ इच्छाशक्तिको कमी । ४) स्वास्थ्य का नियमहरुको अज्ञाना ।
खाद्य संस्कारः– आज हामी पश्चिमी विदेशी संस्कृतिको प्रभावमा आएर आफ्ना पुराना, तर राम्रा संस्कारहरुलाई बिर्सन्र्द छौं । युरोप–अमेरिकाको जलवायु हामीलाई अनुकुल हुन सक्दैन । खाननपानका वस्तुहरुको प्राकृतिक अवस्थालाई बिगारेर गलत ढङ्गले खानेबानी भएको छ हाम्रो । दुधलाई शुद्ध प्राृकतिक अवस्थामा न लिएर त्यसको विभिन्न व्यञ्जहरु खोवाको मीठाई, राबडी,रसभरी, बरफी आदि बनाएर आनु बढी मन वराउन्छौं । फलहरु स्वभविक रुपभन्दा जाम जेली अचार मुरब्बाको रुपमा अनाउन्छौं । तराकरीलाई तेज, अमिलो चटपटे मसलाहरुबाट भरी दिन्छौं । त्यसबेला यी खाद्यपदार्थहरु आफ्नो प्राकृतिक गुणलाई हराएर अप्राृकतिक अवगुणको रुप लिएर शरीरलाई हानी पु¥याउन्छन् । सार्थ थरीथरीका खतरनाक बिरामीहरुलाई जन्म दिन्छन् । फलस्वरुप रोगहरुको सूचि बढ्दै जान्दैछ ।
कारण एउटैः– हाम्रो जग कमजोर हुन । कुनै पनि घर भत्किनुको कारण हो । त्यसको जगकमजोर हुनु वा भीत्तामा नकली मिसावटी मसलाको प्रयोग गरेको हुनु । यसैप्रकार यी सबै शारीरिक विकारहरुबाट मुक्ति पाउनेको लागि हरेक खाद्य र पेय पदार्थलाई प्राृकतिक अवस्थामा नै सेवन गर्नु पर्दछ । जो पदार्थहरु काचो खान सकिन्छ, त्यसलाई काचो ने खाने र जो पदार्थ उमालेर वा ताताएर खान, त्यसलाई प्राृकतिक गुणहरुलाई नष्ट हुन दिनु हुन्दैन ।
रोग भएपछि हेनुपर्ने कुराहरुः– कुनै रोग भईहाल्यो भने सर्वप्रथम शरीरको अवस्थातर्फ ध्यान दिनु पर्छ, शरीरको रोगी अवस्थाको निरीक्षण गरेर यसको प्राकृतिक दशा जाँच गर्नुपर्छ ।