हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । खेलको राष्ट्रिय कलाकार धुुुर्मुसले उद्घाटन गर्नुभएको छ ।

उहाँले बल रेफ्रिलाई हस्तान्तरण गरेर तथा सहिदहरुको सम्झनामा बेलुनलाई आकाशमा उडाएर खेल सुरु भएको हो ।

मकवानपुर फुटबल संघका अध्यक्ष टिका लामाको सभाअध्यक्षतामा भएको कार्यक्रममा कलाकार सिताराम कट्टेल धुर्मुसको प्रमुख आथ्यिता रहेको थियो । कार्यक्रममा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा लगायत सबै स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा उद्घाटन खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र नवजनजागृति युवा क्लब सिमरा अहिले खेलिरहेका छन् ।