हेटौंडाः जिल्ला अदालत मकवानपुरले मंगलबार १६ वटा मुद्धा फैसला गरेको छ । सोमबारका लागि तोकिएका ३० वटा मुद्धाको पेशीमध्ये १६ वटा मुद्धा फैसला भएको हो । यस्तै ११ वटा मुद्धाको आदेश जारी गरेको छ भने ३ वटा मुद्धाको पेशी स्थगित भएको थियो ।
मंगलबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको ईजलासमा ८ वटा मुद्धाको पेशी तोकिएकोमा ३ वटा मुद्धाको फैसला भएको छ भने ५ वटा मुद्धाको आदेश जारी गरिएको थियो । न्यायाधीश कमलराज बिष्ठको इजलासमा १४ वटा मुद्धाको पेशी तोकिएकोमा ११ वटा मुद्धाको फैसला भएको छ । उक्त इजलासमा पेशी तोकिएका एउटा मुद्धाको आदेश जारी भएको छ भने २ वटा मुद्धाको पेशी स्थगित भएको थियो ।
यस्तै न्यायाधीश मनोज श्रेष्ठको इजलासमा ७ वटा मुद्धाको पेशी तोकिएकोमा २ वटा मुद्धाको फैसला भएको छ भने ५ मुद्धाको आदेश जारी भएको छ । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासमा एउटामात्र मुद्धाको पेशी तोकिएकोमा पेशी स्थगित भएको थियो ।
न्यायाधीश अधिकारी घरविदामा रहेकाले उहाँको इजलासमा रहेको मुद्धाको पेशी स्थगित भएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताउनुभयो । बुधबारका लागि अदालतले २२ वटा मुद्धाको पेशी तोकिएको श्रेस्तेदार भट्टराई जानकारी दिनुभयो ।