हेटौंडाः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मकवानपुरको अध्यक्षमा विज्ञान रिमाल चयन हुनुभएको छ । शनिबार भएको सातौं जिल्ला अधिवेशनबाट रिमालको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । निर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ ।
महासंघको प्रथम उपाध्यक्षमा पुष्कल नेपाल, द्वितीय उपाध्यक्षमा बाबुराम खतिवडा, सचिवमा अमीर चौलागाई, कोषाध्यक्षमा सन्तराज ढुंगेल र सहसचिवमा अर्चना कार्की चयन हुनुभएको छ । महासंघको सदस्यमा अमृत तुम्सिङ, जमुना रुपाखेती, थमकुमार गौतम र जनक भण्डारी चयन हुनुभएको छ ।
महासंघका निवर्तमान अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । नयाँ समिति चयन गर्नुअघि महासंघ मकवानपुरका अध्यक्ष बासु न्यौपानेको अध्यक्षता तथा महासंघ बागमती प्रदेश समितिका अध्यक्ष किरण खनालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।