हेटौंडाः हेटौंडामा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १० र १८ भिड्ने भएको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर १३ लाई टाइब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

शनिबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १८ ले वडा नम्बर ५ लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । उपाधिका लागि वडा नम्बर १० र १८ बीचको खेल सोमबार हेटौंडाको हुप्रचौरमा हुनेछ ।