हेटौंडा–५, सानोपोखराको बनाइएको नाली बाङ्गो ।

हेटौंडाः सडक विस्तारको क्रममा सडक छेउमा ढल बग्न बनाइको नाली बङ्ग्याइएकोमा स्थानीयले गुनासो गरेका छन् । हेटौंडा–५, सानोपोखराको नाली बाङ्गो बनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् । बिना कारण नाली बाङ्गो बनाइएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सडक विस्तार तथा निर्माणको काममा न्यून कामदारले काम गरिरहेका कारण निर्माण कार्यमा ढिलाई भइरहेको पनि स्थानीयले गुनासो गरेका छन् । सडक निर्माणमा विलम्ब हुँदा टोलबासीले धुलो खानुपरेको भन्दै सम्बन्धित निकायले टोललाई धुलोमुक्त बनाउन पहल गर्न पनि स्थानीयले माग गरेका छन् । सडक निर्माणको काम सम्पन्न नहुँदासम्म धुलो उड्न नदिन सडकमा पानी हाल्नसमेत स्थानीयले आग्रह गरेका छन् । सडक निर्माण कार्यमा ढिलाई हुँदा टोलबासी तथा बाटोमा हिँड्ने सर्वसाधारणमाथि अन्याय भएको स्थानीय सतिस सिलवालले बताउनुभयो ।