सांकेतिक तस्विर ।


हेटौंडाः हेटौंडाबाट ५० हजार घुस रकमसहित सब–इन्जिनियर नेत्र लामिछाने पक्राउ परेका छन् ।

पर्यटन विकास आयोजना बागमती प्रदेशमा कार्यरत प्राविधिक नेत्र लामिछानलाई शुक्रबार हेटौंडाबाट घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले पुष्टि गरे ।

पर्यटन विकास आयोजना बागमती प्रदेशमा करारका रुपमा कार्यरत लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालबाट खटिएको टोलिले घुस लिएपछि पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं लैजादै गरेको सहायक प्रवक्ता भण्डारीले जानकारी दिए ।