हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा बुधबार निशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । एक विद्यालय एक नर्स कार्यक्रम लागु भएको शारदा माविको आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

शिविरमा एक सय ५३ महिला र एक सय २० पुरुषले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा हाडजोर्नी विशेषज्ञ डा. सुन्दर कुमार श्रेष्ठ, जनरल फिजिसियन डा. डोजिन्द्र बस्नेत, मुकेश कुमार साह, दन्त स्वास्थ्य विशेषज्ञ डा. स्वेच्छा शाहसहितका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका हुन् । मकवानपुर सहकारी अस्पताल, सेवक फर्मा, विजयदीप ल्याबरोटरी प्रालि र शिवम् सिमेन्टको सहयोगमा आयोजित शिविरमा निशूल्क औषधी समेत वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा वडा अध्यक्ष जीतबहादुर घिमिरे, विद्यालय प्रधानाध्यापक तीर्थ खड्काको पनि उपस्थिति रहेको थियो । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत शारदा माविमा स्टाफ नर्स समीक्षा लामिछानेले सेवा प्रदान गरिरहनुभएको छ ।