राहुलकुमार सिंह, कक्षाः ११ हेटौंँडा स्कुल अफ म्यानेजमेन्ट

म त एक जिम्मेवार नागरिक हुँ । तपाईलाई थाहा छ कि छैन ? तपाइँले सोच्नुभएको होला कि किन यो व्यक्ति यसो पागल थरी कुरा गरेका होलान् । हो यो त सत्य हो कि यदि तपाईँ मलाई पागल ठान्नुभएको भने पनि म स्वीकार गर्छु । फेरि तपाईँ त अलमलमा त पर्नुभएन नि ? किन यो व्यक्तिले आफूलाई पागल भन्दो पनि रहेछ । यो साच्चीकै म पागल हुँ तर तपाईँले सोच्नुभएका कुराहरु मध्ये म कुनै होइन । तपाईँ त विचलित हुनु भएन नि कि आजकाल मानिसहरु पनि कस्ता पागल होलान् ।

म पागल हुँ भन्ने म स्वीकार गर्छु किनकि म आफ्नो भविष्यको दिन र पलहरु राम्रो होस् भन्नेले अहिले म दायाँ बायाँ कतै पनि नहेरी पागल जस्तै म आफ्नो भविष्य निर्माण गरिने कार्यमा निरन्तरता दिइरहेको छु । के अहिले तपाईँ फेरि वाल्ल पर्नु भयो होला कि भविष्यमा खुसी र सुखी जीवन बिताउन कि पागल नै हुनुपर्छ भनेर ।

म त सोच्छु यदि तपाई आफ्नो नाम विश्वमा, देशमा र समाजमा गुञ्जाउनु पर्छ । तपाईँलाई त एउटा अचम्मको कुरा त थाहा होला नि ? कि न्युटनलाई सबैले एक उत्कृष्ट वैज्ञानिक हो तर म उहाँलाई पनि पागल नै भन्छु किन कि उहाँ आफ्नो कार्यलाई श्रीमतीभन्दा पनि बढी महत्वपूर्ण मान्नुहुन्थ्यो । एकदिन जब उनी श्रीमतीले कतै एक नयाँ ठाउँ घुम्ने योजना बनाए ।

त्यसपछि न्युटनले आफ्नी श्रीमतीलाई कसैले नसोचेको अनौठो ठाउँमा घुमाउन लगे । के अहिले तपाईँ त्यो कुरा जान्न उत्साहित हुनुहुन्छ कि त्यो कुन ठाउँ होला भनेर ? यहाँ हाँसोको कुरा यो छ कि न्युटनले आफ्नी श्रीमतीलाई आफूले काम गर्ने प्रयोगशालामा लिएर गए । यो तथ्यबाट हामीले के बुझ्छौँ कि हामीले आफ्नो ‘लक्ष्य’ लाई निरन्तरता दिनुपर्छ ।

साथीहरु हो खास गरेर आफ्नो घर परिवारबाट टाढा रहन रुचाउँदैनन् तर म एक त्यो पागल तथा लगनशील विद्यार्थी हुँ जसले कलिलो उमेर सात कक्षा पढ्न गाउँ छोडेको हुँ । तपाईँले यो सोच्नु पनि भयो होला कि यो कुन ठूलो कुरो हो र गाउँ छोड्न ? तर त्यो त मेरा लागि एक अमूल्यवान् अवस्था कि मेरोमा पागलपनको भाव आयो र यहाँसम्म कि छिमेकमा काकाकी छोरीको बिहे हुँदा पनि मैले त्याग गरेर हेटौंँडा आएँ । खै कि हो अहिले पनि मलाई लाग्छ कि मैले किन यसो गरेका होला ?

तपाईँहरु अहिले सोचमा पर्नु भयो कि । कति सानो उमेरमा पनि कोही बिहेको अवसर छोड्छ र । हो म एक त्यो पराक्रमी यस धर्तीकी सन्तान हुँ । तपाईँहरु सोच्नुभएको होला यो केटोले आफ्नो आत्मकथा सुनाउँदै छे । तपाइँहरुका लागि एउटा कथा होला तर मेरा लागि मेरो जीवनको मार्गको पहिलो पाइला हो ।

अहिले पनि म सधैँभरि आफूसित दिन, रात तथा मध्यरातमा पनि एउटै प्रश्न गर्छु ‘म को हुँ ?’ ‘म को हुँ ?’…. म त विद्यालयको पहिलो दिनमा नै विभेद देखेको एक गरिव कृषकको सन्तान हुँ । पहिलो दिनमै मैले हेपिएको पाए कि मैले जुन कक्षामा पढ्न गए त्यहाँका विद्यार्थीहरु हाँस्न थाले कि ‘यो सरकारी स्कुलमा पढेका विद्यार्थीले यहाँ पढ्न सक्छन् होला र ?’ तपाईँलाई अहिले धेरै नै दुःख लागेको होला कि यसो नगर्नु पर्ने हो । तर म यी सबैलाई आशीर्वादको रुपमा लिए र मेरोमा एउटा अलगै खालका साहस आयो कि म जे पनि गर्नु सक्छु । त्यही दिन मैले विद्यालय टप गर्ने सपना बोकेँ । अन्त्यमा मेरो मिहिनेतले पनि मलाई सहयोग गर्‍यो र मैले विद्यालयमा उत्कृष्टका साथ नाम पनि राखेँ ।

अहिले त थाहा भयो होला नि ‘म को हुँ’ भनेर । अहिले पनि म आफूलाई एक सम्मानीय र प्रभुको आडमा बाटो बनाउँदै गरेको एक कर्णधार भोलिको अर्थात दिउँसोको सपनाको डाक्टर हुँ । गाउँघरमा अस्पताल र डाक्टर नभएको कारणले गर्दा कतिपय मेरो काका, काकी, हजुरबुबा, आमा तथा दाजुहरुको सपना अब पूरा होस् भन्ने सपना लिएर हिँडिरहेको एकल विश्वास हुँ । कहिलेकाहीँ रातिमा आकाशमा हेर्दा ताराहरुलाई मुसुक्क हाँसेको देख्दा मेरो मनमा प्रश्न आउँछ ‘म को हुँ ?’ म त लाखौँ गाउँबासीहरको उपचार गर्ने डाक्टर हुँ भने ती आकाशमा चम्किरहेका ताराहरुले मलाई आत्मविश्वास बढाउने र हिम्मत दिने एक प्रेरित वस्तु । मानिसले मानिसहरुसित बाँच्न के सिक्नु ? बाँच्न र जीवन जिउने आधार त प्रकृतिसित सिक्दा बल्ल जीवन के हो र हामी किन मानवमा नै जन्म लियौँ भने कुराको जानकारी पाउँछौँ ।

अहिले तपाईँहरु अति नै भावुक र नम्रता साथ आँखामा आँशु देख्नु भएको होला । तर मैले त सानैदेखि नै आँशु लुकाउन सिकेको छु । पहिलो पल्ट घरबाट एकल जीवन त्यो पनि एउटा कोठामा आफूभन्दा दुई अघिल्लो कक्षाका दाईसित बस्दा आमाबुबाको फोन आउँदा त्यो नम्वर हेर्नसाथ मेरो आँखा आँशुले भरियो तैपनि म आँशु लुकाउँदै हाँसी हाँसी कुरा गर्थोँ । त्यसकारण आज पनि दुःखमा आतिन र सुखमा हाँस्न आउँदैन मलाई । आज म त्यो आँशुले मलाई भविष्यमा धेरै उन्नति र प्रगति गर्नुका साथै डाक्टर बन्न प्रोत्साहन गर्दैछ । म को हुँ भन्ने प्रश्नको उत्तर हजुरहरुसित सुन्न चाहान्छु । म त एक सम्मानित व्यक्ति हुँ जो कति गरिवहरुको हाँसो बन्न लालायित भएर सिक्दै गरेको एक विद्यार्थी हुँ ।