मकवानपुर जिल्ला अदालत

हेटौंडाः जिल्ला अदालत मकवानपुरले सोमबार १५ वटा मुद्धाको फैसला गरेको छ । सोमबारका लागि पेशी तोकिएको ३२ वटा मुद्धामध्ये १५ वटा मुद्धाको फैसला भएको हो । पेशी तोकिएका मध्ये अदालतले १४ वटा मुद्धाको आदेश जारी गरेको छ भने ३ वटा मुद्धाको पेशी स्थगित भएको छ ।

सोमबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा १० वटा मुद्धाको पेशी तोकिएकोमा ५ वटा मुद्धाको फैसला भएको छ भने ५ वटा मुद्धाको आदेश जारी गरेको छ । न्यायाधीश कमलराज बिष्टको इजलासमा ३ वटा मुद्धाको पेशी तोकिएकोमा ३ वटै मुद्धाको पेशी स्थगित भएको छ । न्यायाधीश बिष्टको स्वास्थ्यमा समस्या भएको कारण उहाँको इजलासमा तोकिएको मुद्धाको पेशी स्थगित भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

न्यायाधीश मनोज श्रेष्ठको इजलासमा ७ वटा मुद्धाको पेशी तोकिएकोमा २ वटा मुद्धाको फैसला भएको छ भने ५ वटा मुद्धाको आदेश जारी गरिएको छ । यस्तै, न्यायाधीश सीता शर्मा आधिकारीको इजलासमा पेशी तोकिएका १२ वटा मुद्धामध्ये ७ वटा मुद्धाको फैसला भएको छ भने ५ वटा मुद्धाको आदेश जारी गरिएको छ ।

मंगलबारका लागि जिल्ला अदालत मकवानपुरमा ३९ वटा मुद्धाको पेशीका तोकिएको श्रेस्तेदार भट्टराईले बताउनु भयो ।