हालै सञ्चालनमा आएको मल्टिकेयर डेन्टल एण्ड डाइबिटिज क्लिनिकको दृश्य ।

हेटौंडाः हेटौंडा–२, कान्तिराजपथस्थित चन्दन मिनिमार्केटमा अत्याधुनिक दन्त चिकित्सा सेवा सुरु भएको छ । अनुभवी दन्त चिकित्सक डा. स्वेच्छा शाहले मल्टिकेयर डेन्टल एण्ड डाइबिटिज क्लिनिक सञ्चालनमा ल्याउनुभएको छ । यसै साता सेवा सुरु गरेको क्लिनिकले उचित शूल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने डा. शाहको दावी छ ।

दन्त चिकित्सा संवेदनशील भएकोले मुख्यतः उपचार गर्ने क्रममा संक्रमणको जोखिमबाट सुरक्षित राख्दै अत्याधुकि उपकरण प्रयोग गरिएको डा. शाहको भनाइ छ । काठमाडौंमा रहेर कान्तिपुर, समाज, हिमाल डेण्टल जस्ता विशिष्ट संस्थामा १२ वर्षको कामको अनुभवका आधारमा बागमती प्रदेशको राजधानी हेटौंडामा बढ्दो जनघनत्व र बजारलाई लक्षित गरेर स्तरीय सेवा प्रदान गर्न खोजेको बताइएको छ ।

दाँतको उपचारमा अत्याधुनिक उपकरण प्रयोग गरेर उपचारमा गुणस्तर अभिवृद्धि गर्ने र सहजै सेवा प्रदान गर्ने प्रयास गरिएको डा. शाहले बताउनुभएको छ । एकजना सेवाग्राहीको उपचारमा प्रयोग गरिएका उपकरणहरुलाई निसंक्रमण गर्ने विषयलाई अत्यन्त गम्भीर रुपमा लिएर अटो क्लेभ गरिसकेपछि ती उपकरणलाई सुरक्षित तवरले राख्ने व्यवस्था मिलाइएको छ । दाँतको उपचारका लागि सबै किसिमका सेवा प्रदान गर्ने गरी क्रमशः क्लिनिकलाई विस्तार गर्दै लैजाने योजना पनि डा. शाहले प्रस्तुत गर्नुभएको छ । क्लिनिकले सेवा शुभारम्भको अवसरमा निशूल्क ओपिडी सेवाका साथै उपचार सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।