तस्बीरः गुगल ।

हेटौंडाः मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरिएको छ । हेटौंडा उपमहानगरपालिकामा खेल तालिका सार्वजनिक गरिएको हो । शुक्रबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा १ र ११ नम्बर वडा भिड्ने भएका छन् ।

फागुन २४ गतेसम्म हुने प्रतियोगिता हेटौंडा—४ स्थित हुप्रचौरमा हुने छ । नगर खेलकुद विकास समितिले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । १९ वटा वडाको सहभागितामा रहने भएको छ । यस प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँ र उपविजेता १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने यस प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार, म्यान अफ द म्याच र अन्य विधाका खेलाडीहरुले जनही ५—५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।