हेटौंडाः मकवानपुर जिल्ला सितोरियो कराते संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन भएको हो । संघको उपाध्यक्षमा विकास बानियाँ, सचिवमा रोशिक श्रेष्ठ, सहसचिवमा दीपकबहादुर तामाङ, कोषाध्यक्षमा विपुल गुरुङ र सहकोषाध्यक्षमा दिपेश खड्गी चयन हुनुभएको छ ।
संघको सदस्यमा पार्वती गिरि, गंगा गुरुङ, दीपक सापकोटा, अमृत लामा र नारायण थपलिया चयन हुनुभएको छ । अध्यक्ष चयन हुनुभएका श्रेष्ठ जिल्लाको सितोरियो कराते संघको संस्थापक प्रशिक्षक पनि हुनुहुन्छ ।