सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–११ थानाभर्‍याङस्थित लक्ष्मी थिङको लेथ वर्कसपमा आइतबार मेसिनले च्यापिएर एकजना मजदुरको मृत्यु भएको छ । वर्कसपमा काम गर्ने क्रममा लेथ मेसिनमा गलबन्दी बेरिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान ११ बजेर ४५ मिनेटमा भएको दुर्घटनामा परी बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० का १९ वर्षीय अरविन्द कुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।