हेटौंडाः हेटौंडा–१७, हटियास्थित बालबोध माविमा सरस्वती पूजाको अवसरमा २४ जना बालबालिकालाई अक्षरारम्भ गराइएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर बिष्टको सभाध्यक्षता रहेको थियो ।

सरस्वती पूजाको अवसरमा अक्षरारम्भ गर्न आउने विद्यार्थीलाई निःशुल्क भर्नासहित कापी, कलम र झोला वितरण गरिएको छ । विद्यालयमा अक्षरारम्भ गराउन नयाँ भर्ना भएका विद्यार्थी तथा नर्सरीका विद्यार्थीलाई सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक रमेश रिजालले जानकारी दिनुभएको छ ।

यसैगरी विद्यालयले बस खरिद तथा सञ्चालनका लागि कार्यक्रमका प्रमुख अतिथि संस्थापक सदस्य शम्भु भण्डारीले ५० हजार रुपैयाँ र निर्मल सुवेदीले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।