हेटौंडाः हेटौंडामा एक महिनादेखि सञ्चालन गरिएको मखमलको जुत्ता तथा चप्पल बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र हेटौंडा वडा नम्बर १ को समन्वयनमा सञ्चालन सम्पन्न भएको तालिम समापन गरिएको हो ।

वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेको सभाध्यक्षमा बुधबार भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता थियो । तालिम समापन कार्यक्रममा १ नम्बर वडा सदस्य ईश्वरी रसाइली, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालको आतिथ्यता थियो । तालिममा सहभागीहरुलाई रबिना बानियाँले प्रशिक्षण दिनुभएको वडा सदस्य रसाइलीले जानकारी दिनुभयो ।