हेटौंडाः हेटौंडा–४, भैरवरोडमा अत्याधुनिक ड्राइक्लिनिङ सञ्चालनमा आएको छ । करिब ५० लाख रुपैयाँ लागतमा मेरिना ड्राइ क्लिनिङ स्पट सञ्चालनमा आएको हो । अत्याधुनिक प्रविधि भित्र्याएर सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न सुरु गरिएको सञ्चालक अमिता चौधरीले बताउनुभएको छ ।
पेशाले स्टाफ नर्स चौधरीले प्रविधिमा आधारित स्तरीय सेवा प्रदान गर्नकै लागि ड्राइ क्लिनिङ सम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरिएको जानकारी दिनुभयो । सबै किसिमका कपडाको ड्राइ क्लिनिङ २ घण्टाको अवधिमा सम्भव हुने चौधरीको भनाइ छ । मंगलबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले ड्राइ क्लिनिङको उद्घाटन गर्नुभएको हो । बाक्लो व्ल्याङ्केट समेत दुई घण्टामा धुन सकिने, सुट, पाइन्ट धुने, सुकाउने र आइरन समेत अटोमेटिक मेसिनबाट हुने चौधरीले बताउनुभएको छ । प्रदेशको राजधानी भइसकेपछि सेवाग्राहीको चापअनुसार सेवा प्रवाह छरितो बनाउन, स्तरीय र सस्तो दरमा सेवा प्रदान गर्न पनि ड्राइ क्लिनिङ स्पट सञ्चालनमा ल्याइएको चौधरीले स्पष्ट पार्नुभएको छ ।