विद्यार्थीलाई व्याग हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष रामकृष्ण कोइराला, साथमा सहयोगी कुश रिजाल ।

हेटौंडाः हेटौंडा–१६, हटियास्थित त्रिभूवन माविका विद्यार्थीलाई स्कूल व्याग हस्तान्तरण गरिएको छ । हेटौंडा–४ निवासी कुश रिजालले बुबा रामनाथ रिजाल र आमा मायादेवी रिजालको स्मृतिमा त्रिभूवन माविमा कक्षा ६, ७ र ८ मा अध्ययनरत ५० जना विद्यार्थीलाई मंगलबार व्याग वितरण गरिएको हो ।

व्याग हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

विद्यालयको ६१ औं वार्षिकोत्सव एवम् सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा कुश रिजालको परिवार नै सहभागी भई व्याग वितरण गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले विद्यार्थीलाई व्याग वितरण गर्नुभएको हो ।