हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सामरी खोलामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राती ८ बजेर ३५ मिनेटको समयमा ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा लोड गरेको ना ६ त ४६० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नियन्त्रणमा लिएको ट्याक्टरलाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय पठाएको छ ।