मकवानपुर जिल्ला अदालत

हेटौंडाः जिल्ला अदालत मकवानपुरले सोमबार ८ वटा मुद्धा फैसला गरेको छ । सोमबारका लागि तोकिएको २९ वटा मुद्धाको पेशीमध्ये ८ वटा मुद्धा फैसला भएको हो । ११ वटा मुद्धाको आदेश जारी गरेको छ भने १० वटा मुद्धाको पेशी स्थगित भएको छ ।

सोमबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा ९ वटा मुद्धा तोकिएकोमा ९ वटै मुद्धा स्थगित भएको थियो । न्यायाधीश श्रेष्ठ आइतबारदेखि २ दिन घर बिदामा रहेकाले ९ वटै मुद्धाको पेशी स्थगित भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराइले जानकारी दिनुभयो ।

न्यायाधीश कमल बिष्टको इजलासमा तोकिएको ६ वटा मुद्धाको पेशीमध्ये २ वटा मुद्धाको फैसला भएको छ भने ४ वटा मुद्धामा आदेश जारी भएको छ । न्यायाधीश मनोज श्रेष्ठको इजलासमा ४ वटा मुद्धाको पेशी तोकिएकोमा एउटा मुद्धाको फैसला भएको छ भने ३ वटा मुद्धामा आदेश जारी भएको छ । यस्तै, न्यायाधीश सीता शर्मा अधिकारीको इजलासमा १० वटा मुद्धा पेशी तोकिएकोमा ५ वटा मुद्धाको फैसला, ४ वटा मुद्धाको आदेश जारी तथा एउटा मुद्धाको पेशी स्थगित भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार भट्टराइले बताउनुभयो ।

जिल्ला अदालत मकवानपुरले ‘एक भिजन एक मिसन, एक वर्षभित्र न्याय सम्पादन’को नारालाई कार्यान्वयनमा ल्याएको छ । उक्त नारा प्रभावकारी भएको तथा त्यसैअनुसार मुद्धाको फैसला भइरहेको श्रेस्तेदार भट्टराइले बताउनु भयो । मंगलबारका लागि जिल्ला अदालत मकवानपुरमा २४ वटा मुद्धाको पेशी तोकिएको उहाँले जानकारी दिनुभयो ।