श्रीया प्रजापति कक्षाः८ क नवोदय शिशु सदन

दुई शब्द प्रेरणा र भण्डारको साथ
मुहार छ कालो रुप हुँदैन है उसको
मानिसको पछ्याई बनी दिन्छ साथ
केही कार्य गर्नका लािग सधैँ दिन्छ आँट

निर्दयी यो समाजले हौसला नि नदी
पछाई ती कालोले दुःख सुख बुझी
चढाउँछ हामीलाई शिखरमा सँगै
फेरि उस्कै मुहार है हेरी दिक्क हामी

तिमी जाऊ भन्दा पनि छोड्दैन है साथ
मैसँग है उसलाई बस्न लाग्यो मात
कालो छायाँ यो मलाई पर्दैन है मन
त्यही पनि उसले मेरो छोड्दैन साथ

चाहे देऊ वा नदेऊ मेरो साथ
उसकै साथ लिई बढी रहे अघि
तिम्रै साथ र साहस पाई रहे सधैँ
त्यसैले म धन्यवाद गर्छु मन देखि