Home खेलकुद भिडोल विजय युथ हेटौंडा गोल्डकप, आयोजक एफ.सी विजय युथ क्लब फाईनलमा

भिडोल विजय युथ हेटौंडा गोल्डकप, आयोजक एफ.सी विजय युथ क्लब फाईनलमा

हेटौंडाः हेटौंडामा जारी भिडोल विजय युथ हेटौंडा गोल्डकपमा आयोजक एफसी विजय युथ क्लब फाईनलमा प्रवेश गरेको छ । हेटौंडाको बन विज्ञान संस्थानको खेल मैदानमा बुधवार भएको दोश्रो सेमिफाईनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई ५—१ गोल अन्तरले पराजित गर्दै आयोजक एफसी विजय युथ फाइनल पुगेको हो ।

विजय युथका बिमल राना मगरले खेलको ६ औँ र ४३ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेको थिए । सन्त गुरुङ्गले ३७ औँ मिनेटमा , विदेशी खेलाडी हिसुप थपलीयाले ५८ औँ मिनेटमा र रुपेश केसीले ८८ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बागमती युवा क्लब सर्लाहीका विदेशी खेलाडी फोफोनाले खेलको ६७ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । खेलको दाजुभाई स्वीट्स म्यान अफ द म्याच एफसी विजय युथ क्लबका विमल राना मगर घोषित भएको थियो । विमलले नगद ५ हजार सहित ट्रफी प्राप्त गरेका थिए ।

विमललाई म्यान अफ द म्याचको ट्रफी तथा नगद पुरस्कार नेपाली काङ्ग्रेस पार्टी नगरसभाका सभापति आनन्दराम पराजुलीले हस्तान्तरण गर्नुभएको थियो । शुक्रवार फाईनल खेलमा आयोजक एफसी विजय युथ हेटौँडा र सेन्ट्रल कलेज विएफसीबिच हुनेछ ।

माघ २३ गते प्रतियोगिताको फाईनल खेल हुनेछ । १० टिम सहभागि भएको प्रतियोगिताको विजेताले नगद ३ लाख सहित शिल्ड , मेडल र प्रमाणपत्र र उपविजेता टिमले १ लाख ५० हजार सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version