हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ६ महिनामा एक करोडभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १ करोड २३ लाख ६ हजार रुपैयाँ राजश्व संकलन भएकोे ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएको ६ महिनाको अवधिमा साना तथा ठूला सवारी साधनहरुलाई जरिवाना गरेबापत सो रकम संकलन भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी हवल्दार विजय सिंह चयडाले जानकारी दिनुभयो । ६ महिनाको अवधिमा १४ हजार ५० जना सवारी चालकलाई ट्राफिक प्रहरी मकवानपुरले कारबाही तथा जरिवाना गरेको छ ।