हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले आर्थिक ऐन २०७७ ले प्रदान गरेका विभिन्न कर तथा छुट सुविधासम्बन्धमा आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रियालाई सहजीकरण गर्दै आन्तरिक राजश्व कार्यालय हेटौंडाका कर अधिकृत विनोदकुमार कार्कीले कोरोना महामारीले सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐनमार्फत् विभिन्न छुट सुविधाहरुको व्यवस्था गरेको जानकारी दिनुभयो । कर छुटको सुविधा २०७७ फागुन मसान्तभित्र लिइसक्नुपर्ने कर अधिकृत कार्कीले जानकारी दिनुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको अन्तरक्रियामा आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत शालिग्राम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कर तथा लेखा परामर्शदाता सकुलकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कार्यसमिति सदस्य रवि कँडेल शर्मा, रुपकराज दहाललगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरु केशव श्रेष्ठ र उत्तम शर्मा ढकाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीलगायतको उपस्थिति रहेको थियो ।