बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आफुले कहिल्यै हार्न नजानेको र सधै पहिलो नै हुँदै आएको बताउनुभएको छ । बागमती प्रदेश सभाको तेस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो,“म एउटा यस्तो मान्छे परे जसले जिवनमा हार्न पनि जानेन, जसले फेल हुन पनि जानेन ।”

आइतबार बागमती प्रदेश सभाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पौडेलले ३ वर्षको अवधिमा आफु पहिलो सभामुख, मुख्यमन्त्री र देशमै पहिलो पटक सपथ खाएको मुख्यमन्त्री भएको स्मरण गराउनुभयो । यस्तै हाल पहिलो पटक अविश्वासको प्रस्तावको फेस गर्नुपर्ने पहिलो मुख्यमन्त्री बनेको भन्दै अहिलेसम्म दोस्रो कतैपनि नभएको टिप्पणी गर्नुभयो ।

वितेको ३ वर्षको अवधिमा आफु दोस्रो नभएको र हार पनि अहिलेसम्म नभएको भन्दै शान्त रुपमा अविश्वासको प्रस्ताव ल्याएकोमा आफ्नो कुनै चित्त दुखाई नरहेको भनाई व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकार विरुद्ध नेकपाको प्रचण्ड माधव समुहले संसदमा अविश्वासको प्रस्ताव पेश गरेका छन् । जसमा ४५ जना सांसदहरुले हस्ताक्षर गरेक थिए । भोलि सोमबार बस्ने बागमती प्रदेश सभाको बैठकमा मुख्यमन्त्री विरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।