हेटौंडाः कर्मचारी मिलान केन्द्र मकवानपुरको वार्षिक साधारणसभा भएको छ । कर्मचारी मिलान केन्द्र मकवानपुरका अध्यक्ष बद्रिबहादुर पाठकको सभाध्यक्षता तथा उच्च अदालत पाटन हेटौंडा इजलासका मुख्य न्यायाधीश चण्डिराज ढकालको प्रमूख आतिथ्यमा हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिर परिसरमा शनिबार साधारणसभा भएको हो ।
साधारणसभामा मकवानपुर जिल्लामा सरुवा भएर आएका अधिकृतहरुको स्वागत गरिएको थियो । साधारणसभामा राष्ट्रसेवक कर्मचारीको सामूहिक भावना अभिवृद्धि गर्न, सेवा प्रवाह छिटो छरितो बनाउन, कर्मचारीलाई अभिप्रेरित गर्न कार्यशालाको आयोजना गर्नुपर्ने औँल्याइएको छ । यस्तै नागरिकप्रति कर्मचारीको विश्वास बढाउन पनि आवश्यक रहेको सहभागीको भनाइ थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कविता वाचन गर्नुभएको थियो ।