हेटौंडाः मकवानपुर प्रहरीले १० केजी लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१०, बसपार्कस्थित सडक छेउमा शंकास्पदरुपमा उभिइरहेका पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ५० को शंकर चौधरी र सोही स्थान बस्ने वर्ष ५० को रामबिलास पासवानले बोकेको झोलाहरु चेकजाँच गर्दा झोलाभित्र चारपाटे आकार बनाई लुकाईछिपाई ल्याएको लागूऔषध गाँजा १० किलोसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुमाथि थप अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।