सहयोग प्रदान गरिएको न्यानो कपडा स्वेटर लगाएका विद्यार्थीहरु ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी–५ मा रहेको ज्योति प्राविका ३५ जना अति विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । सञ्चारकर्मी अमर लामाको पहलमा विद्यार्थीलाई स्वीटर, जुत्ता, ट्राउजर, शैक्षिक सामग्री तथा खेलौना प्रदान गरिएको हो ।

आइतबार विद्यालयमा पुगेर लामाले कोरिया, जर्मन, पोर्चुगलमा मनकारी नेपालीहरुले पठाएको सहयोग रकमबाट जाडो बेलामा विपन्न विद्यार्थीलाई आवश्यक न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ५ नम्बर का सदस्य सुकराम थिङ, विद्यालयका प्रधानाध्यापक करुणा विष्ट, अभियन्ता सञ्जय लोप्चन, भुषण घलान, विद्यालय शिक्षक, अभिभावक लगायतको उपस्थितीमा विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।

लामाले आफ्नो पहलबाट विपन्न विद्यार्थीलाई अध्ययनमा सघाउ पुर्‍याउन पाइएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि मनकारी दाताको खोजी गर्दै सहयोगको कार्यलाई निरन्तरता दिने बताउनुभयो ।सहयोग प्रदान गरिएको न्यानो कपडा स्वेटर लगाएका विद्यार्थीहरु ।