हेटौंडाः लायन्स क्लब अफ हेटौंडा भुटनदेवी र लायन्स क्लब अफ हेटौंडा भुटनदेवी पर्लको संयुक्त आयोजनामा शनिबार हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । आनन्द रत्न बज्राचार्यको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।
लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको अग्रसरतामा गठन गरिएको लायन्स क्लब अफ हेटौंडा भुटनदेवी पर्लका अध्यक्ष सुविन शाक्यको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ की सचिव टासी डोल्मा तुम्बाहाङ्फेको प्रमुख आतिथ्य रहेको थियो । मातृ क्लबसँगको सहकार्यमा लायन्स क्लब अफ हेटौंडा भुटनदेवी पर्लको पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी अध्यक्ष पुष्पा भट्टले जानकारी दिनुभएको छ ।