हेटौंडाः हेटौंडा–५ स्थित दक्षिणकाली मन्दिरमा विशालराज महतले हजुरबुबा र हुजरआमाको नाममा चौतारो बनाउनुभएको छ । उहाँले हजुरबुबा रेम बहादुर महत र हजुरआमा पदमा महतको स्मृतिमा एक लाख ५० हजार रुपैयाँ लगानीमा चौतारो निर्माण गर्नुभएको दक्षिणकाली मन्दिर व्यवस्थापन समितिकी सदस्य लक्ष्मी श्रेष्ठले जानकारी दिनुभएको छ ।
दक्षिणकाली मन्दिरमा बिहान बेलुका घुम्न आउने भक्तजनका साथै आन्तरिक पर्यटकहरुलाई शान्त वातावरण र हरियाली क्षेत्रको अवलोकन गर्न चौतारो निर्माण गरिएको लक्ष्मी श्रेष्ठले बताउनुभयो । मन्दिर वरपर रेलिङ राख्ने तथा थप आकर्षक बनाउन मन्दिर व्यवस्थापन समितिले सहयोगको अपेक्षा गरेको समेत उहाँले बताउनुभएको छ ।