हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बाह्रबिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाहलाई पुस महिनाको प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
विभिन्न मितिमा भएका घटनामा संलग्न भई फरार रहेका १६ जना अभियुक्तलाई पुस महिनामा पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सफल भएको तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसेको कार्यालय खसेको पहिरो स्थानीय तह र स्थानीय व्यक्तिहरुको समन्वय र सहकार्यमा हटाई पहिरो प्रभावित क्षेत्रमा रिटेन्सनवाल र कार्यालयमा मेशिनरीवाल निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको लगायतका कार्यहरुको उचित मूल्यांकन गर्दै प्रहरी निरीक्षक शाहलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाहसहित पुस महिनामा उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने अन्य १३ जना आ–आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएको प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो ।