हेटौंडाः मानवसेवा आश्रम हेटौंडालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले ३० हजार रुपैयाँ सहयोग गरेको छ । एकदिनको खानाका लागि प्रशासनले ३० हजार रुपैयाँ सहयोग गरेको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर आश्रममै पुगेर सोमबार सहयोेग गर्नुभएको हो ।

मानवसेवा आश्रमले सडकमा बेसहारा, अपाङ्गता, सडक बालबालिकादेखि परिवारको कोही नभएको व्यक्तिको उद्दार एवम् संरक्षण गर्दै आएको छ । मानवसेवा आश्रमले २०७८ सालसम्म देशलाई नै सडकमानवमुक्त घोषणा गर्ने अभियान अन्तर्गत कार्य गरिरहेको अभियन्ता पौडेलले जानकारी दिनुभयो ।

आगामी वर्ष नेपाललाई सडकमानवमुक्त गर्ने अभियान अन्तर्गत पुस ७ गतेबाट माघ ७ गतेसम्म एक महिने मेचि–महाकाली यात्रा जारी छ । मेचि महाकाली यात्रामा विभिन्न जिल्लाहरु सडकमानवमुक्त घोषणा भएका छन् भने अधिकांश स्थानीयहरु तहहरु पनि सडकमानवमुक्त घोषणा भइसकेका छन् ।

मानवसेवा आश्रमलले १४ जिल्लामा गरेर १ हजार आश्रितहरुलाई अहिले संरक्षण गर्दै आइरहेको छ । आश्रमलाई दैनिकजसो नगद तथा खाद्यान्न सहयोग प्राप्त हुने गरेको छ ।