हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसमा वाणिज्य संकायतर्फ स्नात्तकोत्तर तह चौथो सेमेस्टर अध्ययन पूरा गरेका विद्यार्थीलाई थेसिस लेखनसम्बन्धी दुई दिवसीय कार्यशाला शुक्रबारबाट सुरु भएको छ । थेसिस लेखनका लागि विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले क्याम्पसले दुई दिवसीय कार्यशालाको आयोजना गरेको हो ।

मकवानपुर बहुमुखी क्याम्पस बाणिज्य संकायका प्रमुख सन्देश विडारीको अध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरु अशोक शाक्य, राजीव सुवेदी, क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायको पनि उपस्थिति रहेको थियो ।

कार्यशालामा स्नात्तकोत्तर तह चौथो सेमेस्टर पूरा गरेका ७० जना विद्यार्थीको सहभागिता रहेको छ । कार्यशालामा क्याम्पसका प्राध्यापकहरुले नै सहजीकरण गर्नुहुनेछ ।