ह्वीलचेयर हस्तान्तरण गरिँदै ।

हेटौंडाः राष्ट्रिय युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले बिहीबार हेटौंडा–९ मा रहेको सियान पुनस्र्थापना केन्द्रलाई ह्वीलचेयर सहयोग गर्नुभएको छ ।

१५ हजार रुपैयाँ लागतको एकथान ह्वीलचेयर सियान पुनस्र्थापना केन्द्रका प्रमुख सौजन डिसीलाई हस्तान्तरण गरिएको छ । पुनस्र्थापना केन्द्रले लागूऔषधमा फसेकाहरुलाई उपचार सेवा दिँदै आएको छ । ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको पनि उपस्थिति रहेको थियो ।