हेटौंडाः मकवानपुर प्रहरीले दुई दिनमै १३० किलो गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले आज ४४ किलो लागूऔषध गाँजा सहित ८ जनलाई मनहरीबाट पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानी स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डको किनारामा लागु औषध गाँजा ४४ किलोसहित राक्सिराङ्ग गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २२ को सुजन प्रजा ,बर्ष २५ को दिपक लामा, बर्ष ५२ को कान्छाराम लामा, बर्ष ४५ को गोपाल चेपाङ्ग, बर्ष ३१ को रतन सिङ्गतान, बर्ष ३६ को उद्धास ब्लोन, बर्ष २५ को प्रेम मोक्तान, कैलााश गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ३४ को सिताराम सिङ्गतान लाई प्रहरीले नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो ।

यस्तै गएराति मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित रुपाचुरी जंगलमा केही मानिसहरुले बोराहरू बोकील्याएको अवस्थामा प्रहरी टोलीलाई देखेर बोराहरु सोही स्थानमा छाडी जंगल तर्फ भागी भागेका थिए । उक्त पोकाहरू खोली हेर्दा लागु औषध गाँजा ८६ किलो फेला परेको प्रहरीले बताएको छ । प्रहरीले लागुऔषध गाँजा ओसार पसारमा संलग्नहरूको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुकरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।