हेटौंडाः प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोट खेलमा अहिले मकवानपुरले काठमाडौंविरुद्ध व्याटिङ गरिरहेको छ । टस जितेर व्याटिङ गरिरहेको मकवानपुरले यो समाचार तयार पार्दासम्म १४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ४३ रन बनाएको छ ।
मकवानपुरका कप्तान राम नरेश गिरी, शुभ कंशाकार र तक्षक सिम्खडा आउट भइसकेका छन् । काठमाडौंको मूलपानी क्रिकेट मैदानको क्रिजमा अहिले गैरव खड्का र युविन बुढाथोकीले व्याटिङ गरिरहेको प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिनुभएको छ ।
४० ओभरको खेल खेलाइएको छ । आजको खेल जिते मकवानपुर फाइनल प्रवेश गर्नेछ । फाइनलमा मकवानपुरले चितवनको सामना गर्नेछ ।