हेटौंडाः बालमैत्री गाउँपालिका घोषणाको अन्तिम चरणमा रहेको बकैया गाउँपालिकाले शनिबार गाउँपालिकास्तरीय समिक्षा गोष्ठीको आयोजना गरेको छ । बकैया गाउँपलिकाकी उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख फटिकरमण प्याकुरेल, शिक्षा शाखाका श्रोत शिक्षक नारायण चापागाईको आतिथ्य रहेको बकैया गाउँपालिका महिला शाखाकी प्रमुख कविता भट्टले बताउनुभयो ।
माघ महिनाभित्र गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी गरेको छ । बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ वटा सूचक पूरा भए नभएको बारे वडाका सहजकर्ताहरुसँग छलफल गरिएको महिला शाखा प्रमुख भट्टले बताउनुभयो । त्यसैगरी बालमैत्री गाउँपालिका घोषणाका लागि पुस १६ गतेबाट गाउँपालिका भित्र रहेका वडाहरु र विभिन्न विद्यालयहरु लगायतका ठाउँहरुमा अनुगमन गरिरहेको बताउनुभयो ।