नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका संयोजक शिव दयाल यादव ।

हेटौंडाः शिक्षाका मुद्दामा सरोकारवालासँग छलफल गरिने रेडियो कार्यक्रम ‘शिक्षाका कुरा’ मिति २०७७ साल पुस १४ गते मंगलबारको अंकमा नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका संयोजक शिव दयाल यादवसँग कुराकानी गरिएको छ । सेवा निवृत्त जीवन बिताइरहनुभएका शिक्षकहरु अनुभवका खानी हुन, निवृत्त जीवनमा पनि सक्रियता कायमै राख्न आवश्यक ठानेर मकवानपुरसहित देशका ४२ जिल्लामा संगठित भएका छन् ।

एकातर्फ ज्येष्ठ उमेर, दीर्घ सेवा गर्नुभएका शिक्षकहरु आधुनिक समयअनुसार आफ्नो सीप, दक्षता र ज्ञानको तहलाई अद्यावधिक गर्न सकिरहेका छैनन् भन्ने तर्क गरिन्छ भने अर्कोतर्फ जीवनको सक्रिय समय शिक्षण पेशामा बिताएका शिक्षकहरु अनुभवका खानी हुन् भन्ने गरिन्छ । यहीँ विरोधाभाषका बीच मकवानपुरमा शिव दयाल यादवको संयोजकत्वको समितिले केहीँ दिन अघि हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पनि समिति गठन गरेको छ भने आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहमा पनि समिति गठन गर्दै सेवा निवृत्त शिक्षकलाई संगठित गर्ने र विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न अग्रसर हुने बताउनुहुँन्छ संयोजक यादव ।

यसै सन्दर्भमा नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका संयोजक शिव दयाल यादवसँग रेडियो निकासका स्टेशन म्यानेजर सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी पुस १४ गते साँझ ५ बजेको निकास सामुदायिक खबरपछि सुन्न सक्नुहुनेछ । रेडियो कार्यक्रम ‘शिक्षाका कुरा’ रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले  www.radionikas.com  मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।