Home मुख्य समाचार नारायणीले रजत महोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने

नारायणीले रजत महोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने

हेटौंडाः नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवको अवसरम गर्ने साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै भोलिबाट सप्ताव्यापी कार्यक्रम गर्ने सहकारीका अध्यक्ष रामहरी न्यौपानेले जानकारी दिनुभयो ।

सहकारीले सरसफाई कार्यक्रम, नगर स्तरीय मावि तह वक्तृत्वकला, रक्तदान तथा बृद्धाबृद्धा सम्मान, बृक्षारोपण, सहकारीको सदस्हरु र संस्थाको संचालकका कर्मचारी बिच सेभेन ए साइड फुटबल प्रतियोगिता, खाद्य सामाग्री वितरण तथा समापन कार्यक्रम गर्ने भएको सहकारीका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा हेटौंडा ९ का वडाअध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, सहकारीका उपाध्यक्ष जंग बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version