हेटौंडाः मकवानपुरमा बुधबार साँझ ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले हेटौंडा उपमहानगरपालिकाका ६ जना र काठमाडौं घर भई हेटौंडामै बसोबास गर्दै आएको १ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
आज ४ जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।