हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंसिर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीमा प्रहरी हवल्दार शिव प्रसाद अर्याललाई घोषणा गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमामा कार्यरत प्रहरी हवल्दार शिवप्रसाद अर्याललाई मंसिर महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले बताउनुभयो ।
समुदाय प्रहरी सांझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसँंगको समन्वयमा स्थानीय समुदायकै सहभागिता रहने गरी निर्माण समिति समेत बनाई नुवाकोट जिल्लाको अस्थायी प्रहरी पोष्ट सिमुटारको जिर्ण भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेको लगाएतका कार्यहरुको उचित मुल्यांकन गर्दै प्रहरी हवल्दार शिवप्रसाद अर्याललाई प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी” घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरीएको उहाँले बताउनुभयो ।
प्रहरी हवल्दार शिवप्रसाद अर्याल सहित मंसिर महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन । प्रहरी हबल्दार शिवप्रसाद अर्याल “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी” घोषित भई पुरस्कार भएका हुन् भने अन्य १४ जना आ–आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका थिए ।