हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको नगरसभा यही पुस २५ गते बस्ने भएको छ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको संशोधन गर्ने गरी नगरसभाको आयोजना गर्न लागेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभएको छ ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाको मिति तय गरेको हो । चालु आर्थिक वर्षमा कोरोना भाइरसका कारण जनजीवन प्रभावित भएकाले आन्तरिक आय र संघीय सरकारबाट प्राप्त हुने बजेटमा पनि कमि भएसँगै बजेट तथा कार्यक्रम संशोधन गर्नुपर्ने भएको मेयर महतको भनाइ छ ।