हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित बीपी प्राथमिक विद्यालयमा निर्माण भएको २ कोठे भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको ४९ लाख रुपैंयाँको लागतमा २ कोठे शौचालयसहितको भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार उद्घाटन गर्नुभएको हो । यस्तै जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा)बाट बन्न लागेको विद्यालय भवनको पनि मेयर महतले शिलान्यास गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार सिं वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, चीनबहादुर थिङ, पूर्वअध्यक्षहरु कालीबहादुर मोक्तान, पद्मेश्वर भोलन, कृष्णबहादुर रुम्बालगायत विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति थियो ।