हेटौंडाः बागमती प्रदेश परिषद्को दोस्रो बैठक चितवनमा सुरु भएको छ । प्रदेश नीति तथा योजना आयोगले चितवनमा आज दुई एजेन्डामा छलफल गर्नको लागि बैठक राखिएको हो ।
प्रदेश अन्तर्गतका आवधिक योजना तर्जुमा भए/नभएको गाउँपालिका तथा नगरपालिका यकिन गरी नभएका स्थानीय तहमा आवधिक योजना निर्माण गर्ने सम्बन्धमा र योजना छनौट गर्ने कार्यविधि सम्बन्धमा छलफल हुने भएको छ ।
कार्यक्रममको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्याम बस्नेत, प्रदेशका मन्त्रीहरु तथा परिषद् सदस्यहरुको उपस्थिति रहेको छ ।